अर्घाखाँचीलाई भष्टचार मुक्त जिल्ला बनाई बिकासका मुलहरु फुटाउन सबै एकजुट हुनुपर्ने प्रदेश सांसद चेतनारायण आचार्यको भनाई

सुर्य भुसाल
सन्धिखर्क । नेकपाका नेता तथा प्रदेस नम्बर ५ का सांसद चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई भष्टचार मुक्त जिल्ला बनाई बिकासका मुलहरु फुटाउन सबै एकजुट हुनु पर्ने बताउनु भएको छ । 
  आचार्यले अर्घाखाँची मा कृर्षि पर्यटन को प्रचुर सम्भावना भएको ले पनि कृर्षि मा लगानि गरि बेरोजगारी समस्या समधान गर्ने तर्फ प्रदेश सरकार लागि परेको बताउदै पशुपालन माछा पालन बेमौसमी तरकारि खेतिका लागि दक्ष प्राबिधिक हरु को सल्लाहाले कृर्षि क्रान्ति लाई अगाडि बढाउने बताउनु भयो ।
नेता आचार्यले अर्घाखाँची जिल्ला धेरै  योजनाहरु छानेर जनताको माग अनुसारका योजनाहरु प्राथमिकता का अाधारमा बजेट बिनियोजन गरिएको ले पार्दर्सिता लाई मुख्य प्राथमिकता दिएर  बिकासका कामहरु लाई अगाडि बढाउन सरोकारवाला हरुलाई  अाग्रह गर्नु भएको हो ।उहाले अनियमितता गर्ने भष्टचार गर्ने जनतामुखि काम नगर्ने जो कोहिलाई नछोडने बताउदै अाफुहरुले ५ बर्षमा अर्घाखाँची मा रहेका खानेपानि बिधुत सिचाइ लाई पुर्ण रुपमा पूरा गर्ने गरि  काम अगाडि बढाएको बताउनु भएको छ ।
नेता आचार्यले सितगगामा रहेको नौमुरे जलविद्युत योजनाको डिपिअार तयार गर्न सुरु गरेको ले बिकासका पुर्बनधार हरु अर्घाखाँची का जनताको माग अनुसार अगाडि बढेको बताउनु भएको हो ।फरक प्रसगमा नेता अाचर्यले सघियता मुलुकमा कार्यनयन भएपछि सरकारि कार्यलयहरु जिल्लामा भन्दापनि स्थानिय तहमा केन्दित हुने हुदा अब बिकासले फर्को मार्नेमा सका नगर्न जिल्ला बासिलाई अाग्रह गर्नु भयो ।