श्याम घिमिरे
कार्तिक २८ अर्घाखाँची : पर्यटकीय गन्तव्यका रुपमा विकसीत भैरहेको सन्धिखर्क नगरपालीका वार्ड नम्बर ६ नरपानीलाई सुन्दर स्वच्छ, शान्तिपूर्ण र सुरक्षित बनाउने लक्ष्यका साथ पदम केसीको नेतृत्वमा २५ सदस्यीय नरपानी टोल सुधार समितिको गठन भएको छ ।
नरपानीमा सम्पन्न स्थानीयको भेलाद्वारा गठन गरिएको समितिको उपाध्यक्षमा मोहन विक्रम केसी, सचिव टुक बहादुर थापा, कोषाध्यक्ष तारा भण्डारी र सदस्यहरुमा नेत्र बहादुर खड्का, सुजता बुढाथोकी, चन्द्र ब. परियार, बाल कुमारी खत्री, लक्ष्मी बुढाथोकी, मधु पोख्रेल, भूवन बञ्जाडे, अशोक खत्री, पिताम्बर चुदाली, गोमा रायमाझी, ओम बहादुर थापा, पूर्ण बहादुर चुदाली, भोज बहादुर बिष्ट, पिताम्बर खासु, नवराज अधिकारी, पदम थापा, गोम बहादुर अधिकारी, विमला पाण्डे, गिता अधिकारी, निर्मला रायमाझी तथा राजेश बर्मा चयन भएका छन ।
यस्तै नरपानीकै युवाहरुको भेलाले पदम थापाको नेतृत्वमा १०१ सदस्यीय नरपानी युवा स्वयंसेवक दल गठन गरिएको छ । उक्त दलले नरपानी प्रहरी चौकीसंगको समन्वयमा नरपानी क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्ने बताईएको छ । समितिकोे सचिवालयमा अध्यक्ष पदम थापा सहीत उपाध्यक्ष गोम बहादुर अधिकारी, सचिव नारायण थापा, सहसचिव बाबुराम बिष्ट, कोषाध्यक्ष पृतम चुदाली र सदस्यहरुमा प्रकाश पाण्डे, खिम बहादुर खत्री, हिमकान्त पाण्डे, लक्ष्मण थापा लगायत रहेका छन ।