श्याम घिमिरे
कात्तिक २९ अर्घाखाँची । प्रेस काउन्सिल नेपालको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार आचारसंहिता अभियान २०७५ बिषयक अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दे राष्ट्रीय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले नेपालको हरेक परीबर्तनमा सञ्चार क्षेत्रको अतुलनिय भुमिका रहेकोले सञ्चार क्षेत्रको बिकासकालागी सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
यस्तै खड्काले सञ्चार माध्यमबाट सबै बिषयहरुको सकरात्मक र नकरात्मक परीणाम निक्लीने भएको हुनाले यसको सही रुपमा सदुपयोग गर्नुपर्ने धारणा राखे । पछिल्लो समय केही पत्रकारहरुको नकारात्मक भुमिकाले पत्रकारीता क्षेत्रको बद्नाम गराउने चलखेल भएको भन्दै सबै पत्रकारहरुलाई सजक रहन आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रेस काउन्सिल नेपालकि सदस्य संगिता खड्काले पत्रकारले पत्रकारको मुलमन्त्रलाई बिर्सन नहुने भन्दै आफुलाई करेक्सन गरी अगाडी बढ्नुपर्ने बताईन । खड्काले पत्रकारको बिश्वसनियतालाई बढाउनुपर्नेमा जोड दिदै पत्रकारले आचारसंहिता पालना नगरे समाजमा बिकृति फैलने बताउदै गलत प्रयोजनकालागी मिडियालाई प्रयोग गर्न नहुने करामा जोड समेत दिईन ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे,जालपा भुसाल, प्रेस काउन्सिल नेपालका चेतनाथ हमला,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायब उपरीक्षक नबराज मल्ल,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गीरी,पत्रकार महासंघ प्रदेश सदस्य शोभाखर पन्थी,पे्रमनारायण आचार्य,पत्रकार हृदय भुसाल,शरीता भुसाल,श्याम घिमिरे,अनिल नेपाली लगायतले मनतब्य राखेका थिए ।
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसीको अध्यक्षता,गणेश खनालको स्वागत मनतब्य र सुर्यप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका झण्डै दुइ दर्जन क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।