श्याम घिमिरे
कार्तिक २९ अर्घाखाँची । उन्नती माईक्रो फाइनान्स बित्तीय संस्था लिमिटेड शाखा कार्यालय फुदबाङ अर्घाखाँचीको आयोजनामा आज पाणीनि गाउँपालीका वाड नम्बर ४ पोखराथोकमा ग्रामिण कर्जा बिमा क्षतिपुर्ती रकम बिबरण कार्यक्रम सम्पन्न भएको छ ।
समुहका अध्यक्ष बिष्णुमाया बिकको प्रमुख आतिथ्यता र बिबेक जोसीको सन्चालनमा सम्पन्न कार्यक्रममा उन्नति चारपाटा महिला समुहकी सदस्य नरमति कामीका श्रीमान नुरापति कामिलाई १ लाख कर्जा र २८ हजार काजकिरिया खर्च सहित १ लाख २८ हजार नगद रकम वितरण गरिएको हो ।
कार्यक्रममा शाखा प्रबन्धक खुमानन्द पोख्रेल, मनकला घर्ती लगायतले बिमाको बारेमा मनतब्य राखेकोे संस्थाकी शुश्मा गहत्तराजले जानकारी दिनुभयो ।