श्याम घिमिरे
कात्तिक, २८ अर्घाखाँची । ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रमुख पिताम्वर अधिकारीले जनताका गुनासोलाई तत्काल सुनाई गरि कारबाही प्रक्रिया अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका छन ।
मंगलबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले कहिलेकाही साना कुरा ख्याल नगर्दा ठुलठुला दुर्घटना हुने भन्दै प्रहरीलाई सर्तक रहन आग्रह समेत गरेका हुन ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले जिल्लामा सबैको समन्वयबाट कामहरु अगाडी बढेकाले अप्रिय घटना नभएको बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा, सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,सुरक्षा निकायका प्रमुखहरु, पुर्व प्रहरी संगठनका पदाधीकारी, जेष्ठ नागरिक, नागरिक समाज, एकल महिला सञ्जाल, पत्रकार, यातायात व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नबराज मल्लले सबैलाई स्वागत गरेका थिए । यसैबिच समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त जनज्योती माबि चुत्राबेसीमा समेत अधिकारी सहभागि भएका थिए । साझेदारी कार्यक्रम जनता संग मिलेर काम गर्ने उदेश्यले प्रहरीले सञ्चालनमा ल्याएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरिक्षण गर्दे अधिकारीले कसैको दवाममा नपरि जनताले न्याय पाउने गरि काम गर्नु पर्ने भन्दै जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीलाई निर्देशन दिएका थिए ।