सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा गाडी पार्किङ अव्यवस्थित हुँदा आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएको छ ।
सन्धिखर्कको शान्ति बगैंचा चोकबाट जिल्लाबाट बाहिरिने र भित्रीने मुख्य चोक हो । व्यस्त चोकमा मनपरी गाडी रोकेर यात्रु चढाउने र उतार्ने गर्दा दुर्घटना हुने सम्भावना रहेको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन ।
शान्तिबगैंचा चोकमा दिनहु हजारौ सर्वसाधारण आवतजावत गर्छन तर व्यस्त चोकमा गाडीहरुले आफ्नै मनमर्जीले गाडि रोकेर समान उतार्ने र गाडी हटाउन भन्दा उल्टै धम्क्याउने गरेका छन ।
यस क्षेत्रमा २४ सै घण्टा प्रहरी भएपनी उनिहरुले पनी बेवास्ता गरेको देखिएको छ । सडकको चौडाइ कम भएकाले तथा पसलहरुका सामान सडक पेटिमा राख्नाले पनि गाडिहरु आवतजावत गर्न असहज हुने गरेको छ ।