नवीन केसि
मालारानी ,अर्घाखाँची (अर्घाखाँची डट्कम) काम नगरी हाजीरी प्रमाणित गर्न खोज्ने मालारानी गाउँपालिकाका एक ईन्जीनियरको जागीरनै गएको छ ।
‘फिल्डमा गएर काम नगर्ने तर महिनाको अन्तीममा पालिकामा पुगेर हाजिर गर्ने बानी परेको रहेछ । म पालिकामा आएको डेढ महिना भयो म आए पछि दुई पटक फोन गर्दा आउँछु मात्र भन्नु भयो र डेढमहिना कार्यालय नआएको मान्छे हाजीर प्रमाणित गरिदिन भनेर आए पछि कति दिन काम गर्नु भयो भनेर सोध्दा कामनै नगरेको पाईयो । मैले उहाँको हाजिर प्रमाणित गरिन ’ । मालारानी गाउँपालिकामा एक जना ईनजिनियर र एक जना सब–ईन्जीनियर रहेकोमा दुबै जना अहिले गाउँपालिकामा हाजिर छैन्न । पहिलो किस्ता पाए पनि दोस्रो किस्ता भने पाएका छैन्न ।
समयमा घर ईस्टमेट गर्नेकाम नहुदाँ लाभ ग्राहि मर्कामा परेका छन । गाउँपालिकाले भुकम्प पूर्न निमार्ण प्राधिकरण पाल्पालाई पत्र लेखेर पठाएको र केही दिनमै ईन्जीनियर पठाउने बताएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘ पूर्न निर्माणबाट खटिएका ईन्जीनियरहरुले समयमा काम नगर्दा लाभग्राहि मर्कामा परेको भन्दै अब चाडै दोस्रो किस्ता र तेस्रो किस्ता रकम निकासा दिने वातावरण सृजना गर्दछौ ।