सुर्य भुसाल
नरपानी,अर्घाखाँची (अर्घाखाँची डट्कम) सन्धिखर्क नगरपालिका का कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिकले पार्दर्सि काम नगर्ने उपभोक्ता तथा निर्माण कम्पनिको भुक्तानि रोक्का गरि पुन काम गराउने चेताबनि दिनु भएको छ ।
सन्धिखर्क नगरपालिका ले सनपा ६ नरपानिमा अायोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा वार्ड नम्बर ६ का जनता तथा सरोकारवाला हरुले उठाएका प्रश्नहरू को जवाफ दिदै उहाले वार्ड स्तरका योजना तथा नगरस्तरिय योजनाको सम्बन्धित फिल्डको अनुगमन निरिक्षण नगरि अाफुहरुले भुक्तानी नगरेको त्यस्तो कहि कतै भएको पाएमा अाफुहरुलाई खबर गर्न अाग्रह गर्दै जनप्रतिनिधि तथा कर्मचारी हरुको कामको अनुगमन जनताहरुले गर्नु पर्ने दाबि गर्नु भयो ।
बिकले कुरा गरेर खाने जमनाको अन्त्य भएको बताउदै जनताको गुनासो अाउने खालका कुनै पनि काम नगर्न वार्ड अध्यक्ष तथा जनप्रतिनिधि उपभोक्ता हरुलाई निर्देसन दिदै चैत महिना भित्र सबै बिकासका कामहरु योजना हरु सम्पन्न गर्ने गगासरोबरलाई ब्यबस्थापन गर्ने वार्ड कार्यलयका बिषयमा उचित निर्यण लिने लगाएका कामहरु लाई अगाडि बढाउने बताउनु भयो । बिकले जनताको गुनासो नगरपालिका अागामि दिनमा सुधार गर्नु पर्ने कामहरुका बारेमा सुझाब लिन भनेर नरपानि बाट सार्वजनिक सुनुवाइको सुरुवात गरेको बताउनु भयो ।
गाउमा भएका बिकासका कामहरु राम्रोसँग भएको छ या छैन भन्ने खोज्ने जिम्मेवारी जनताको भएको बताउदै सुसासन पार्दर्सिता कायम गरि काम गर्न अाग्रह गर्दै नगरपालिका बाट हुने सबै कामहरु जनताले थाहा पाउने गरि पार्दर्सि गर्नका लागि कर्मचारी लाई निर्देसन दिएको बताउनु भयो ।कार्यक्रममा नगरपालिका का योजना अधिकृत गोबिन्द केसिले जनताको काम नगरपालिका बाट सहज ढगले भईरहेको बताउदै कुनै गुनासा भएमा सिधै अाफुहरु सग सम्पर्क गर्न वार्ड बासिन्दालाई अाग्रह गर्नु भयो ।
उहाले अहिले योजनाहरु पार्दर्सि छन कि छैनन् भनेर अाफुहरु ले सार्वजनिक सुनुवाइको अायोजना गरेको जिकिर गर्नु भयो ।कार्यक्रममा नेकपाका नेता राजेन्द्रप्रसाद भुसाल नेपाली काङ्ग्रेस का जिल्ला सहसचिव ईन्सु मिया राष्ट्रिय जनमोर्चाका नेता गोबिन्द बिसि पत्रकार माहासघका सहसचिव अनिल नेनेपालि ले मन्तब्य राख्दै जनतामुखि पार्दर्सि काम गर्न नगरपालिका लाई सुझाब दिनु भएको थियोे ।पेस गरिएको चौमासिक प्रतिबेदन माथि स्थानिय पृर्तम केसि ज्ञनराज न्यौपाने मोति अाचर्य बुद्धि न्यौपाने अोम बहादुर थापा भोज बहादुर बिष्ट लगाएतले टिप्पणी गर्नु भएको थियोे । वार्ड नम्बर का वार्ड ६ का अध्यक्ष कृस्न बहादुर अाचर्यले वार्ड भित्र भए गरेका बिकास निर्माणका कामहरु का बारेमा उपस्थिति सबै लाई जानकारी गरनउनु भएको थियोे ।
कार्यक्रममा वार्ड अध्यक्ष हरु वार्ड सदस्य हरु विभिन्न पार्टिका प्रतिनिधि स्थानिय जनताहरु सरोकारवाला कर्मचारी सन्चारक्रमि नगरपालिका का बिषयगत शाखाका प्रमुख हरु को सहभागी ता रहेको थियोे ।कार्यक्रम कार्यबाहाक नगरप्रमुख ठाकुर कुमार बिकको अध्यक्ष ता गोबिन्द केसि को सन्चालनमा सम्पन्न भएको हो ।