सन्धिखर्क शान्ती बगैंचा बाहिर रहेको प्रतीक्षालय संरक्षण र सरसफाइ नहुदा जिर्ण बन्दै

प्रेम खड्का

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको मुटु मानिने शान्ति बगैचा नजिकै रहेको यात्रु प्रतिक्षालय संरक्षण र सदुपयोग नहुदा जिर्ण बन्दै गएको छ । बिगत केहि बर्ष देखि यो प्रतिक्षालय यात्रु बिहिन भएको छ यात्रु बिहिन हुनुको मुख्य कारण जिर्ण बन्दै गएको उक्त प्रतिक्षालयको सरसफाइ हुन नसकेपछि जिर्ण बन्दै गएको हो ।

केहिदिन अगाडि डिउटिमा बसेका ४ जना नेपाल प्रहरीका जवान र समाजसेवी अर्घाखाँची डट्कम कर्मि प्रेम खड्काले प्रतिक्षालयको सरसफाइ गरेपनि प्रतिक्षालय पुन फोहोर र माथिबाट घास उम्रीएको छ पानी अाएको बेलामा चुहिने भएको छ तर पनि कसैको ध्यान जान सकेको छैन।

यहि प्रतिक्षालय संगै ३ वटा टिकट काउन्टर छन् तरपनि संरक्षण, सफाइ र रंग रोगन गरि यात्रु लाई बस्नको लागि ब्यबस्था गरौ भन्ने ध्यान न ती काउन्टरको छ न त स्थानिय प्रशासन को नै यसरी सरकारी ढुकुटी रित्ताएर बनेको संरचनालाई र वेवास्ता गर्दा सर्वसाधारणहरुले सास्ति बेहोर्नु परेको छ

सदुपयोग र संरक्षण नगरे किन बनाउनु यस्ता चिज हरु सम्बन्धित निकायले छिटै ध्यान जान जरुरी छ । छिट्टै सफाइ सगैं रग रोगन गरि यात्रु बस्नका लागि ब्यबस्था गरियोस् हैन भने स्थानीय युवाहरु चुप लागेर नबस्ने बताएका छन ।