सुर्य भुसाल
सन्धिखर्क । अनौपचारीक सेबा केन्द्र ईन्सेक नेपाल अर्घाखाँचीको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा मानब अधिकार बर्ष पुस्तक २०१९ को अबसरमा वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दे सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बेल्बासेले अधिकारमा सबैभन्दा ठुलो मानब अधिकार भएकोले यसको रक्षा र कार्यान्वयनमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिनु भएको थियो । मानब अधिकार हनन् हुन नदिन सरकार सजक रहेको भन्दै बेल्बासेले मानब जिबनका आधारभुत आबश्यकता माथी सबैको नजर पुग्नुपर्नेमा जोड दिनु भएको हो ।
कार्यक्रममा जिल्ला न्यायधिबक्ता हरीप्रसाद घिमिरे,जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर गम्भीरजंग थापा लगायतले मानब अधिकार सम्बन्धीत बिषयमा धारणा राख्नु भएको हो ।
कार्यक्रममा ईन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले संस्थाले तयार पारेको मानबअधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीको अध्यक्षतामा सम्पन्न भएको हो ।