धरौटी रकम बुझाउन नसकेका घुम्तिका बालकको लागी उपचारमा युबाहरुको सहयोग

घुम्ति (रेडियो मालारानी) । अर्घाखाँची जिल्ला पाणिनी ७ घुम्ति निवासी माया बेल्वासेका बर्ष ४ का छोरा समिर बेल्वासे हर्निया रोगको अप्रेसन गर्नको लागी धरौटी रकम जम्मा गर्न नस्कदा उपचारहुन सकेको थिएन । घरको  आर्थिक अवस्था कमजोर साथै बाबुले आमालाई छोडेका कारण समरिको उपचारहुन सकेको थिएन । 
जिल्लाका युबाहरुले समाजीक सञ्जाल मार्फत सञ्चालन गरेको अर्घाखाँची युथ कल्बले उपचारकोलागी सहज होस भनेर रकम संकलन गरेर २५ हजार दुई सय रुपैया हस्तान्तरण गरेको छ । धरौटी रकम राख्न नसकेर बालकको उपचार हुन सकेन भन्ने थाह पाए पछि सामाजीक सञ्चालबाट रकम संकलन गरिएको अभियान्ता चिरञ्जीबि पौडेलले बताए । 
‘ बच्चाको आमाले उपचार गर्न रकम भएन भनेर भन्ने हामीले थाह पाए पछि हाम्रो युथ क्लबले अभियान सुरु गरेर रकम संकलन गरेका छौ । हामीले यस्तै समाजिक काम गर्नको लागी अभियान सञ्चालन गरेका हौ ।  ’ युवाहरुले सामाजीक सञ्जालको माध्यमबाट रकम संकलन गरेर सामाजीक कार्यमा लागेकोमा खुसीलागेको स्थानीय युबराज पौडेलले बताए । 
बालकको उपचारमा सहयोग गर्ने सहयोग दातालाई बालककिा आमा माया बेलबासेले धन्यवाद ज्ञापन गरिन । ‘प्रन्धहजार दाम नभएर छोराको अप्रेशन गर्न सकिन , अब मेरो बच्चाले नयाँ जिबन पाउने भयो । ’ युवाहरुले समाजसेबि सहयोगी बि.सी , स्थानीय युबराज पौडेललगाएतको रोहभरमा शनिबार रकम हस्तान्तरण गरेका हुन ।