सन्धिखर्क नगरपालिका स्थित शान्ति बगैंचा चोकमा रहेको प्रतीक्षालय चिटिक्क भयो


प्रेम खड्का

सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको मुटु मानिने शान्ति बगैंचाको बाहिर रहेको प्रतिक्षालय सरसफाई र मर्मत हुन नसक्दा जिर्ण बन्दै गएको प्रतिक्षालय अहिले चिटिक्क बनेको छ ।

अर्घाखाँची डट्कमले शान्ति बगैंचामा रहेको प्रतीक्षालय जिर्ण बन्दै भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपछि सन्धिखर्क नगरपालिका नगरप्रमुख कमल भुसालको पहलमा अहिले मर्मत तथा रङ रोगन गरि अहिले चकाचक भएको हो ।

जिल्लाको व्यस्त ठाउँ शान्ती बगैंचा चोकमा रहेको प्रतीक्षालयमा पानी पर्दा चुहिने र सरसफाइ नहुदा जिल्लाबाट बाहिरिने र भित्रीने सर्वसाधारणहरुलाई केही समय प्रतीक्षा गर्न सास्ती भएको थियो भने रोडमा नै उभिएर बस्नुपरेको थियो । समाजमा संरचना बनाई नसकेपछि मर्मत संभार नहुदा जिल्ला भित्र थुप्रै यस्ता प्रतीक्षालय जिर्ण बन्दै गएका छन ।

यस्ता संरचनाहरु बनाएर राज्य वा सामाजिक संस्थाको ढुकुटी रित्ताएर बनाईसकेपछि संरक्षण गर्नुपर्ने बुद्धिजीवीहरुले बताउछन ।