प्रेम खड्का
सुपा देउराली, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक सुपा देउराली मन्दिरमा पार्किङको समस्या भएको छ ।
मन्दिरको भेटीबाट धर्मशाला र पार्किङ निर्माण गरिएपनि पछील्लो समय भक्तजनहरुको उल्लेखिय घुईचोको कारण पार्किङको समस्या भएको हो ।
सुपा मन्दिर अगाडिको माथिल्लो पार्किङ क्षेत्र अझै व्यवस्थापन हुन सकेको छैन् । दैनिक हजारौं भक्तजनहरु दर्शन गर्न आउने यस मन्दिरमा पार्किङको ठुलो समस्या हुँदा हुँदै पनि व्यवस्थापना समितीले मौन छ ।
सुपादेउराली मन्दिरमा बाटो- पार्किङ क्षेत्र व्यवस्थापन नहुँदा मन्दिर आवतजावतका साथै पुजा आराधानामा बाधा पुगेको छ ।
नरपानीमा यात्रु ओराल्न प्रहरीको अनुरोध
उता जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी नवराज मल्लले सबै सवारीसाधनलाई मन्दिर क्षेत्र नरोकी नरपानीमा यात्रु ओराल्न अनुरोध गरेका छन् ।
मल्लले सबै सवारीसाधनले नरपानीमा भक्तजनहरु ओरालेमा ट्राफिक समस्या नपर्ने बताए ।
मन्दिरमा ट्राफिक प्रहरी परिचालन गरिएता पनि सवारीसाधनहरुले जहाँ पायो त्यहाँ पार्किङ गरेको देखिन्छ ।
सुपादेउराली मन्दिरमा अन्य दिनको तुलनामा शनिबार जिल्ला भित्र र बाहिरबाट आउने भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
सुपा देउरालीको बारेमा
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो।[१] त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ।
तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।
दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी यी देवीको व्यवस्थित मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो। मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्। पक्की बाटोको दुर्लभ निम्सरो डिलमा अवस्थित मन्दिर प्राङ्गणमा पहिलो पदार्पण गर्ने जुनसुकै यात्रु मन्दिरको दुर्लभ चुनौती देखेर सहजरूपमा आश्चर्य प्रकट गर्छन्।
हप्ताको प्रत्येक शनिबार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औंसी र पूणिर्माबाहेक अरू सबै समयमा पनि भाकल चढाउन खुला रहन्छ। त्यही भाकल, भेटी सङ्कल्पलाई आयस्रोतको आधार मानिन्छ मन्दिरको लागि। मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राहृमणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।
सुपादेउराली मन्दिर संरक्षण समितिले विभिन्न कामका लागि निम्नानुसारका दस्तुर लिने गरेको छ:
ग्रहशान्ति – १५५/-
रुद्रिपुजा- २५५/-
शुभविवाह – २५५/-
लक्ष वर्तिक – ५०५/- वत्ति आफुले लाउनुपर्छ
जोडी परेवा – ३०/-
यसका साथै श्रदालु भक्तजनहरुले आफुले अर्पण गर्न चाहेका जिन्सी नगदको अभिलेख सदाका लागि रहने व्यवस्था गरिएको छ भने नेपालको कानुनले वर्जित गरेका औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपंचमी महाशिवारात्री, अष्ठ तृतिया, रामनवमी, आदी दिनहरुमा वलिपुजा निषेध गरिएको छ । तर पंरपरा देखि बैशाख शुल्क पुणिर्माका दिन कुल पुजा हुने भएकोले बलि चढाउने गरिएको छ ।
पुजारी र मन्दिर निर्माण
यस मन्दिरमा सितापुर गा.वि.स. वडा नं. ७ र ६ का खनाल थरका ब्रामणहरु मुल पुजारी रही आएका छन । दैनिक व्यवस्थापक -२ पुजारी -२ सहयोगी-१ जना गरि जम्मा ५ जना दैनिक कामकाजमा खटिइएका हुन्छन करिव २२ जना खनालहरु पालै पालो गरि जाने व्यवस्था छ ।
अर्घाखाँची जिल्ला वल्केाट गा.वि.स. वडा नं. १ निवासी बावुराम रायमाझिले २०४० सालमा यस सुसुपादेउराली मन्दिरको पुन. निर्माण गरि दैनिक रुपमा पुजा आजा तथा व्यवस्थापन समितिको गठन गरि संरक्षण गरिदै आएकोमा वि.स. २०६४ सालमा काठमाडौं मातातीर्थ स्थित नरनारायण वावा आश्रम सेवा संस्था वाट एक सझौता गरि हालको मन्दिर निर्माण कार्य भएको हो उक्त मन्दिर निर्माणको लागी ९ महिना १४ दिनमा सबै काम करिव १ करोड २५ लाखको लागतमा सम्पन्न भएको थियो २०६४ साल मसिंर ८ गते कुण्माण्ड नवमीको दिन विधीवत प्रारम्भ भई २०६९ साल भाद्र २३ गतेका दिन वृहत धार्मिक शोभा यात्रा सहित परम पूजनीय गुरु श्री नरनारायण बावा वाट बैदिक विधी अनुसार मूर्ति प्राण प्रतिस्थापन गरिएको थियो ।
२०६४ सालमा निर्माणधिन सुपादेउरली मन्दिर । फाइल