अर्घा साना किसान कृर्षि सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधरणसभा धरमपानीमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) ।  सन्धिखर्क नगरपालिकाका  नगरप्रमुख कमल प्रसाद भुसालले साना किसान सहकारी संस्थाहरुलाई गाउँ गाउँ टोलटोलमा पुगेर जनताको सेबामा लाग्न अाग्रह गर्नु भएको छ ।
उहाले  सहकारीको बिकासले अार्थिक उन्नतिमा निकै बृर्दि भएको बताउदै नगरपालिकाका सबै ठाउहरुमा सहकारी को बिकास गरिने बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १०  स्थित अर्घा धरमपानीमा  रहेको अर्घा साना किसान कृर्षि सहकारी संस्था   लिमिटेडको  चौथो बार्षिक  साधरण सभाको धरमपानीमा उदघाटन गर्दै भुसालले अार्थिक उन्नति प्रगतिको मेरुदण्डको रुपमा रहेका सहकारि हरुलाई ब्यबस्थापन गर्नका लागि नगरपालिका ले सहयोग गर्ने बतनउनु भयो ।
नगरप्रमुख भुसालले अर्घा  क्षेत्रको बिकासका लागि अाफुले चुनाबमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउदै प्रयटकिय तथा धार्मिक  क्षेत्र को रुपमा   बिकास गर्न अाफु लागि परेको बताउनु भयो ।
भुसालले सुपादेउरालि नरपानिमा अाउने भक्तजन प्रयटकहरु लाई चुत्रा बेसिको सिद्देश्वर मन्दिर हुदै अर्घाको एतिहासिक भगवती मन्दिरको दर्सन गर्ने गरि अाफुहरुले नया बिकासको मोडल तथा डिपिअार तयार गर्न लनगि परेको बताउनु भयो ।भुसालले  बेरोजगारी समस्या समधान गर्ने उपाए भनेकै सहकारि कृर्षि पशुपालन भएको बताउदै त्यसका लागि नगरपालिका बाट बजेटको ब्यबस्थापन भएको बताउनु भयो ।उहाले नगरपालिका का सबै वार्ड हरुमा बयर जातको बाख्रा को बिकास गर्ने बताउदै सबै मिलेर नगरको बिकासमा हातेमालो गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिकले जनताले प्रतक्ष देख्ने गरि बिकास गर्नका लागि सहकारिले ठुलो मद्दत पुराउने बताउदै अार्थिक बृर्दि दर लाई बढाउनका लागि पनि सहकारि प्रभाबकारि हुने बताउनु भयो ।उहाले हराभरा नगरपालिका बनाउने अभियानमा अाफुहरु लागेको बताउदै अब सबै खालका कामहरु अार्थिक क्रान्ति बाट पूरा हुने बताउनु भयो ।बिकले अाफुहरुले प्रतिबद्धता गरेअनुसार को बिकासका कामहरु डिपिअार तयार गरेर अगाडि बढाई रहेको बताउदै नगरको बिकसले फड्को मार्ने मा सका नगर्न अाग्रह गर्नु । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष लक्ष्मि नारायण चुदालि लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।