अर्घाखाँचीमा राष्ट्रिय बाणिज्य बैकको जग्गा वन कार्यालयद्दारा अतिक्रमण, बाणिज्य बैक अदालत जाने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय अर्घाखाँचीको जग्गा सार्बजनिक सम्पतिको संरक्षण गर्ने सरकारी निकाय जिल्ला वन कार्यालय अर्घाखाँचीले बिगत लामो समय देखि अतिक्रमण गर‍को खुलासा भएको छ ।
हाल सो जग्गा खोजी गर्न बाणिज्य बैकका म्यानेजर गोपाल न्यौपानेले निकै ठुलो सास्ती मात्रै खेप्नु परेको छ । मालपोत कार्यालय अगाडि तथा जिल्ला बन कार्यालय अर्घाखाँचीको अगाडि रहेको जग्गा बाणिज्य बैकको हो ।
बैकको जग्गा लालपुर्जामा स्पष्ट भएको जग्गामा जिल्ला बन कार्यालयले संरचना निर्माण गरेपछि बैक र बन बिच बिबाद भएको हो ।
बन कार्यालयको गेट रहेको जग्गा बैकको भन्दै तारबार गर्ने तैयारी गरेको छ । जिल्लामा सार्बजनिक बन क्षेत्रको संरक्षण गर्ने बन क्षेत्रमा घर टहरा निर्माण गरे हटाउने निकायले नै अर्काको सम्पत्ति अर्थात जग्गा अतिक्रमण गरेपछि सर्बसाधरणले पनि बन क्षेत्रमा घर निर्माण गर्न पाउने कि नपाउने प्रश्न चिन्ह खडा भएको छ ।
उता अाफुहरुको जग्गा तत्काल खाली नगरे अदालती प्रक्रियामा अगाडि जाने शाखा प्रबन्धक गोपाल न्यौपानेले बताउनु भयो ।