श्याम घिमिरे
मंसीर ७ अर्घाखाँची – परीयोजना कार्यान्वयन ईकाइ ,कफी सुपरजोन कार्यक्षेत्र निर्धारण सम्बन्धी छलफल एवं अन्तरक्रियात्मक बैठक सुक्रबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजना ब्यबस्थापन ईकाइ ललितपुरको आयोजनामा सम्पन्न बैठकले अर्घाखाँची जिल्लामा कफीखेतिको लागी सम्भाबित कार्यक्षेत्रको निर्धारण समेत गरेको छ ।
बैठकले जिल्लाका बिभिन्न ६ वटा पालीकाहरुका स्थानहरुलाई चयन पनी गरेको छ । जस अन्तरगत सितगंगा नगरपालीकाका सितापुर,ठाडा,सुबर्णखाल र जुकेनालाई चयन गरेको छ । त्यस्तै मालारानी गाउँपालीकामा बाँगी,गोखुङ्गा,हंसपुर,खन र मरेङ्गलाई निर्धारण गरेको छ । छत्रदेब गाउँपालीकामा ठुलापोखरा, पुर्ब मरेङ्ग , बल्कोट, केरुङ्गा,छत्रगंज र भगबति रहेका छन । यस्तै पाणीनि गाउँपालीकामा पटौति,पणेना र अड्गुरीलाई निर्धारण गरेको हो ।
सन्धिखर्क नगरपालीकामा वाङला,किमडाडा,खाँचीकोट,नरपानी,अर्घा,डिभर्ना र साबिकको सन्धिखर्क रहेका छन । त्यस्तै भुमिकास्थान नगरपालीकामा ढिकुरा,खिल्जी,असुरकोट,ढाकाबाङ्ग,नुवाकोट धनचौर र धारापानी लाई बैठकले कार्यक्षेत्र निर्धारण गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता, प्रधानमन्त्री कृषि आधुनिकिकरण परीयोजनाका प्रमुख बुद्धि भट्टराईको स्वागत मनतब्य र थिरलाल गैरेको सन्चालनमा सम्पन्न बैठकमा सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल,भुमिकास्थान नगरप्रमुख रेशम थापा,छत्रदेब गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेल,मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ,सितगंगा नगरपालीका वाडनम्बर ३ का अध्यक्ष हुमा भुसाल, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख चक्रपाणी पन्थी, बरीष्ठ कृषि अधिकृत कफी सुपरजोन गुल्मीका प्रमुख उमानाथ भण्डारी, जिल्ला कफी ब्यबसायी संघका अध्यक्ष पुष्करनाथ बन्जाडे,जिल्ला कफी ब्यबसायी संघका उपाध्यक्ष बिष्णु भुसाल,पत्रकार गणेश खनाल, कृषक कृष्ण पाण्डे,लगायतले मनतब्य राख्दै जिल्लाको पहीचान हुने गरी ब्यबसायीक कफी खेति गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कफी सुपरजोन केन्द्र गुल्मीले हाल ५ वटा जिल्लामा काम गर्दे आईरहेको छ ।