श्याम घिमिरे
मंसीर, ७ अर्घाखाँची- लैङ्गिक हिंसा र दुब्र्यबहार, छैन हामीलाई स्विकार, भन्ने मुलनारा सहित लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सन्धिखर्क नगरपालीकामा पनि बिबिध कार्यक्रम गरी मनाउने निर्णय भएको छ । स्थानिय सरोकारवालाहरुको सुक्रबार सन्धिखर्क नगरपालीकामा बसेको बैठकले Nov 25 देखि Dec 10 अर्थात मंसीर ९ गते देखी मंसीर २४ गते सम्म बिबिध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता र महिला शाखा प्रमुख बेलकुमारी परीयारको सन्चालनमा सम्पन्न कार्यक्रममा लैङ्गिक हिंसा र दुब्र्यबहार न्यूनिकरण गर्नको लागी सम्भाबित बिषयबस्तुको बारेमा समेत गहन छलफल भएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल,सहायक प्रजिअ बिक्रम थापा,प्रहरी नायब उपरीक्षक नबराज मल्ल, वाडअध्यक्षहरु युबराज बन्जाडे,लिलाराम गौतम,लक्ष्मी नारायण चुँदाली, युएन ह्याबिटण्याड्की सुजता सुब्बा पत्रकार हिम जिसी, महिला नेतृहरु छमकला खनाल, शुसिला गैरे, छमा कार्की, मिना बिसी, खगीश्वरा बस्याल लगायतले लैङ्गिक हिंसा र दुब्र्यबहार न्यूनिकरण सम्बन्धी आआफ्नो धारणा समेत राख्नु भएको थियो ।