अर्घाखाँचीडट्कम
मंसिर ७ अर्घाखाँची : राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसीले आफुहरुले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरुनै अहिले संघियताबाट दिक्क भइसकेको दाबी गर्नुभएको छ ।
कर बृद्धि,महङ्गी र भ्रष्टचारको विरोध,गणतन्त्र राष्ट्रियता धर्म निरपेक्षताको रक्षा र संघियताको खारेजी भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा छत्रदेव गाउँपालिकाले चिदिकाको आज केवलीपोखरामा सम्पन्न गरेको बिशाल जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिसीले सबै देशभक्त जनता एकजुट भएर संघियता खारेज नगरे कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने भारतिय एजेन्टहरुको योजना सफल हुने बताउनु भएको हो ।
नेत्र गैरेको अध्यक्षता,गोकर्ण कुमालको स्वागत मन्तव्य र गणेश पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,सचिव बाबुराम सुनार, नेता कमल भुसाल,पशुपति ढकाल,राजमो गुल्मीका नेता हरी न्यौपाने,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर,अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्पना पोख्रेल लगायतका बक्ताहरुले मनतब्य राख्नुभएको हो ।
अर्घाखाँची सहित छिमेकी जिल्ला गुल्मीबाट समेत सयौंको संख्यामा दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत समेत गरेका थिए ।