अनिल भुसाल
मंसिर ७, अर्घाखाँची – एकीकृत ग्रामीण विकास समाज सन्धिखर्क अर्घाखाँचीको आयोजनामा सार्वजनिक खर्चको सोधखाज पेट्स सम्पन्न भएको छ । पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत जनकल्याण माध्यमिक बिद्यालय छत्रदेब गाउँपालिका ७ भगवतिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
परियोजनाले बिद्यालयमा आर्थिक वर्ष २०७४÷०७५ मा बिद्यालयले छात्राबृत्तिमा गरेको खर्च र त्यसको प्रभावकारीताको बारेमा सोधखोज गरेको एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुुसालले जानकारी दिनुभयो ।
सोधखोजको सार्वजनिक कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हरी प्रसाद पाण्डेले उठेका सवालहरुको जवाफदिदै बिद्यालयमा गरिएको अध्ययनले बिद्यालयलाई सुशासन मैत्री र पारदर्शी बनाउन मद्दत पुग्ने बताउनुुभयो । सार्वजनिक खर्चको सोधखोज कार्यक्रममा प्रधानध्यापक कविराम अधिकारीले बिद्यालयमा छात्राबृत्ति बितरणमा प्रभावकारी ल्याउदै लगिने बताउनुभयो ।
संस्थाका सागर परियारले सहजिकरण गरेको कार्यक्रममा जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले छात्राबृत्तिको सम्बन्धमा देखिएको अवस्था र समग्र बिद्यालय र सुशासनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बिद्यालयबाट गत आ.ब मा बिभिन्न शीर्षकमा १ लाख ३ हजार ३ सय रुपैया छात्राबृत्ति स्वरुप बितरण गरिएको पाइएको हो ।