अर्घाखाँचीडट्कम
मंसिर ६ अर्घाखाँची – नेकपा मसाल निकट अखिल नेपाल महिला संघको भुमिकास्थान–३ र ४ को वार्ड स्तरिय प्रशिक्षण भेला नयाँ नेतृत्व चयन गर्दै धारापानीमा सम्पन्न भएको छ ।
संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, राष्ट्रिय जनमोर्चाका नेता सागर केसी, जिल्ला सचिव बाबुराम सुनार अनेमसंघकी नेत्री मिना बिसी लगायतले सहजीकरण गर्नुभएको भेलाले बिष्णु सुनारको अध्यक्षतामा १३ सदस्यिय ३ नम्बरको वडा समिति गठन गरेको छ ।
कमला थापाको अध्यक्षता,पवित्रा बन्जाडेको स्वागत मन्तव्य र बिष्णु सुनारको संचालनमा सम्पन्न भेलाबाट गठित उपाध्यक्षमा वसन्ता पोख्रेल,सचिव पेमा बन्जाडे र कोषाध्यक्षमा गिता बन्जाडे चयन हुनुभएको छ । यस्तै भेलाले ५ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको हो ।
यस्तै कृष्णदेवी अधिकारीको अध्यक्षता,सुनिता घ.म.को स्वागत मन्तव्य र रन्जिता के.सी.को संचालनमा सम्पन्न वडा नम्बर ४ को भेलाले कमला भुसालको अध्यक्षतामा १७ सदस्यिय वडा समितिको गठन गरेको छ । नव गठित वडा समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशःदेवकला भुसाल,रन्जिता के.सी.र गिता सुनार चयन हुनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका स्थानिय नेता नारायण भुसाल,बाबुराम भुसाल,महिला नेत्री चित्रकला के.सी.,कमला खत्री,जुना सुनार लगायतको बिशेष उपस्थितिमा सम्पन्न भेलालाई सम्बोधन गर्दै बोल्ने बक्ताहरुले मुलुकमा अपराध गर्नेहरुलाई कार्बाही गर्ने निकायनै फितलो हुँदा पिडितले न्याय नपाएको भन्दै समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।