श्याम घिमिरे
मंसीर ६ , अर्घाखाँची :- अर्घाखाँची जिल्लाका सहायक जिल्ला न्यायाधिबक्ता हरीप्रसाद घिमिरेले नेपाल सरकारको हकहित र पिडित पक्षको तर्फबाट लड्ने एकमात्र संस्था सरकारी वकील कार्यालय भएकोले यसको समग्र बिकास र प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनु भएको छ । जिल्ला सरकारी वकील कार्यालय अर्घाखाँची द्धारा आज सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार भेटभाट कार्यक्रममा मनतब्य राख्दै घिमिरेले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।
कार्यक्रममा मनतब्य राख्दै सहायक जिल्ला न्यायाधिबक्ता घिमिरेले सबै सेबाग्राहिहरुलाई हिजो भन्दा बढी सुबिधा दिन सरकारी वकील कार्यालय तत्पर रहेको बताउनुभयो । समयको गति र जनताको चाहाना अनुसार परीमार्जीत भई कामकारबाहीलाई अग्रता दिईने बताउदै जिल्लाका सबै सरकारी कार्यालयहरुको कानुनि अभिभाबक सरकारी वकील कार्यालय भएकाले पनि यसको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
घिमिरेले पछील्लो समय सरकारी वकिल कार्यालयले महिला, बालबालीका अपाङ्गताभएका ब्यक्ति,बलात्कारजन्य घटना लगायतका महत्वपुर्ण घटनाहरुमा अग्रणी रुपमा काम गर्दे आईरहेको समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्लले जुनसुकै घटनामा अनुसन्धानको पाटो सही भएमा मात्र बैज्ञानिक र बस्तुनिष्ठ अभियोजन हुने भन्दै, सही अनुसन्धानले कुनैपनि घटनाको यथार्तता पत्ता लगाउन सहज हुने बताउनुभयो । यस्तै मल्लले सरकारी वकिल कार्यालय र प्रहरीको नङ र मासुको जस्तो सम्बन्ध रहेकोले हरेक घटनामा सहकार्य गरेर आफुहरु अगाडी बढेको बताउनु भएको हो । कार्यक्रम सरकारी वकिल कार्यालयकी सुनिता खनालको सन्चालनमा सम्पन्न भएको हो ।
नेपालका सरकारी वकिलहरुको आगामी पौष ८ गते देखी १० गते सम्म काठमाण्डौमा बैज्ञानिक र बस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभाबकारी कार्यान्वयन, भन्ने मुललाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन समेत हुदैछ । देश भर हाल करबि ५ सय सरकारी वकिलहरु कार्यरत रहेका छन ।