सन्धिखर्कमा दृष्टीबिहिन र फरकक्षमता भएका २४ जना छात्रछात्रालाई सामाग्री बितरण

श्याम घिमिरे 
६,मंसीर अर्घाखाँची – त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्कले–२ ले आफ्नो सातौं स्थापना दिबसको अबसरमा सदरमुकाम सन्धिखर्कमा रहेका दुई सामुदायीक बिद्यालयमा दृष्टीबिहिन र फरकक्षमता भएका २४ जना छात्रछात्रालाई सामाग्री बितरण गरेको छ । 
मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ स्थापित सहकारीले स्थापना दिवसको अबसरमा बुधबार युबाबर्ष रबिचित्र जनता माबी हटारीनेटाका दश जना दृष्टीबिहिन छात्रछात्राहरुलाई जाडोमा लगाउन मिल्ने दश सेट न्यानो कपडा बितरण गरेको हो । यसैगरी निर्मल नबज्योति सुश्तमनस्थीति बिद्यालयमा पनि चौध जना फरक क्षमता भएका छात्रछात्राहरुलाई तातोपानी पिउन प्रयोग गरीने अटोमेटीक एअर पट सामाग्री बितरण गरेको हो ।
 
सामाग्री बितरण कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे,बिद्यालयका प्रअ टेकराज आचार्य,स्रोत शिक्षीका जालपा भुसाल, निर्मल नबज्योति सुश्तमनस्थीति बिद्यालयकी स्रोत शिक्षीका कमला भुसाल र संस्थाका शिक्षा उपसमिति संयोजक कमल प्रसाद घिमिरे लगायतले मनतब्य राखेको संस्थाका कार्यकारी प्रमुख तुल्सीराम खनालले जानकारी दिए । 
संस्थाले छोटो समयमा जिल्लामा पछील्लो समय बिभिन्न सामाजीक र सचेतनात्मक गतिबिधिहरु सन्चालन गर्दे आईरहेको छ । सामाग्री प्राप्त गरीसकेपछी बालबालीकाहरुले खुसी समेत ब्यक्त गरेका थिए ।