सन्धिखर्कमा राष्ट्रिय कर दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
 मंसीर ६ अर्घाखाँची – आन्तरीक राजस्व कार्यालय कृष्णनगर कपिलबस्तुका प्रमुख कर अधिकृत पुर्ण न्यौपानेले देशको बिकास र समृद्धिको आधार भनेको कर प्रणालीनै भएकोले सबै ब्यबसायीहरुलाई करको दायरामा आउन आग्रह गर्नुभएको छ । 
कर समृद्ध ,सुखी नेपाली भर, भन्ने मुख्य नारासहित ७ औं राष्ट्रिय कर दिवसको सन्दर्भमा सदरमुकाम सन्धिखर्कमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख न्यौपानेले यस्तो बताउनु भएको हो ।
हिजोका दिनमा भन्दा छिटो छरीतो र मुस्कान सहितको सेबा दिन कार्यालय तत्पर रहेको भन्दै न्यौपानेले कर दाताहरुलाई कर देखी नडराउन आग्रह गर्नु भयो । कार्यालयले ब्यबसायीहरुको शुश्म अनुगमन गरीरहेको जानकारी दिदै प्रमुख न्यौपानेले गल्तीगर्ने जोसुकै ब्यबसायीहरुलाई कार्यालयले नछाड्ने बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले पछील्लो समय केही मिडियाहरुले करको कारेमा अनाबश्यक बखेडा गरेको भन्दै करको बिषयमा नगरपालीका सचेत रहेको बताउनु भयो ।
अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको स्वागत मनतब्य र महासचिब प्रदिप मिश्रको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,छत्रदेब गाउँपालीका प्रमुख लेखनाथ पोख्रेल,कर अधिकृत गेहेन्द्र प्रकाश गिरी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।
स्थानिय उद्योगी ब्यबसायी र ब्यापारीहरुको सहभागीता रहेको कार्यक्रममा ब्यबसायीहरुले ब्यबसायीक समस्याहरु समेत राखेका थिए ।