छत्रदेब गाउँपालिकामा साझेदारी मञ्च गठन, गाउँपालिकाको विकासका लागि साझेदारी गर्न तयार छौँः अध्यक्ष पोख्रेल

सागर परियार
छत्रदेब, अर्घाखाँची । छत्रदेब गाउँपालिका छत्रगञ्ज अर्घाखाँँचीमा साझेदारी मञ्चको गठन गरिएको छ । 
पारष्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनमा साझेदारी मञ्चको गठन गरिएको हो । पाउँपालिका स्तरमा सुशासन जवाफदेहिता अभिबृद्धि गर्दै सार्वजनिक र नीजि सहभागिता बढाउन साझेदारी मञ्चको गठन गरिएको हो । गाउँपालिका अध्ययक्ष लेखनाथ पोख्रेलको संयोजकत्वमा २१ सदस्सीय साझेदारी मञ्चको गठन गरिएको छ । जसमा सबै कार्यपालिका सदस्य तथा शिक्षा, स्वास्थ्य र कृषिका बिषयगत संयोजकलाई समावेश गरिएको छ । 
कार्यक्रममा छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बिभिन्न नागरीक समाज संस्थाहरुले छत्रदेब गाउँपालिकालाई पारदर्शी तथा उत्तरदायी बनाउन सघाउ पु¥याउदै आएको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले गाउँपालिका खुल्ला सरकारको अभ्यासमा रहेको भन्दै पालिकाले गर्ने हरेक गतिबिधी चुस्त, दुरुस्त र पारदर्शी बनाउने बताउनुुभभयो । उपाध्यक्ष तुल्सीदेबी श्रेष्ठले संस्थाका गतिबिधीले गाउँपालिकाको सेवा प्रबाहमा सहयोग पुगेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले संस्थाले सेवा प्रदायक तथा सेवा ग्राही दुबै पक्षलाई जिम्मेवार बनाउन सहयोग गरेको बताउनुभयो । पन्थले पालिकाको हितमा रहेको संघ संस्थाहरुलाई सदैब स्वागत गरिरहेको बताउनुभयो । 
संस्थाका अध्यक्ष हृदयकुमार भुसालले परियोजना तथा संस्थाले गर्ने कार्य तथा नागरीक समाज संस्थाको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो । सामुदायिक सञ्चारकर्मी रुद्रमणी भुसालले बिषयवस्तु माथि प्रकाश पार्नुभएको कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।