नेपाल ट्रेड युनियन काँग्रेस सन्धिखर्क नगरपालिकाको प्रथम स्थानिय अधिवेशन सम्पन्न भएको छ । श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्र शक्ति हो भन्ने मुल नाराका विपि स्मृति भवन सन्धिखर्कमा सुरू भएको अधिवेशनको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्वघाटन गर्नुभयो ।
अधिवेशनको उद्वघाटन गर्दै शर्माले काम गर्ने श्रमीकहरूको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि काम सानो र ठुलो नहुने भन्दै श्रमीकहरूको सम्मानका लागि श्रम र मिहिनेत अनुसारको तलब पाउँनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि सफर मिया, सन्धिखर्क नगरपालिका काँग्रेस सभापती बिनोद आचार्य, तरूण दलका जिल्ला अध्यक्ष नारायण खड्का, ट्रेड युनियन काँग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई, यातायात मजदुर संघका प्रदेश संयोजक आत्मसिंह घर्ति, ट्रेड युनियनका पुर्व जिल्ला अध्यक्ष गणेश बहादुर सिंह, वडा सभापति लिलाधर बस्याल, वडा अध्यक्ष लिलाधर बस्याल, शिक्षक संघका नगर सचिव डिल्लीराज थापा लगाएतले शुभकामना मन्तव्य राख्दै ट्रेड युनियन कर्मिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
अबिधेशनले सारदा भटराइको अध्यक्षतामा नेपाल ट्रेड युनियन सन्धिखर्क नगर कार्यपालिकाको गठन गरेको छ । कार्यक्रम ट्रेड युनियन काँग्रेस अर्घाखाँचीका अध्यक्ष सुमन्त बस्यालको अध्यक्षता, सचिव गणेशराज पौडेलको सञ्चालन र उपाध्यक्ष अच्युत पन्थीको स्वागतमा उद्वघाटन सत्र सम्पन्न भएको हो ।