खिल्जीमा मसाल निकट अखिल नेपाल महिला संघको वडा स्तरिय प्रशिक्षण भेला सम्पन्न

गोपाल भट्टराई 
मंसिर १० अर्घाखाँची – अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेलले बलात्कारीलाई राज्यले नै मेरो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएको बताउनुभएको छ । अदालत सम्म पुगेका धेरै घटनामा समेत राजनितिक दबाब र सरकारको संरक्षणका कारणले पीडित भएर पनि न्यान नपाएको अवस्था रहेको अध्यक्ष पोख्रेलको दाबी छ । अखिल नेपाल महिला संघ भुमिकास्थान– ६ खिलजीको वडा स्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।
अहिले चलिरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भ जोड्दै उहांले कुनैपनि दिवसलाई औपचारिकतामै सिमित राख्नुभन्दापनि महिला आत्म निर्भर र पारिवारिक सचेतनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । भेलाले सावित्रा दमासेको अध्यक्षतामा १७ सदस्यिय अनेम संघ खिल्जीको गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा पुष्पा बन्जाडे,सचिव कल्पना भण्डारी,सह–सचिव गिता वि.क.र कोषाध्यक्षमा चम्पा बस्नेत चयन हुनुभएको छ । पार्वता भुसालको अध्यक्षता,पुष्पा बन्जाडेको स्वागत मन्तव्य र सिमा भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरु दोर्ण भण्डारी,राम बहादुर नेपाली,निम बहादुर बस्नेत,खिमानन्द वेल्वासे मित्रलाल पोख्रेल श्यामलाल पौडेल,मोतिराज पौडेल लगायतले मन्तव्य राख्दै सबैखाले समाजिक बिकृतिका बिरुद्ध सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको हो ।