सन्धिखर्कमा पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसियसनद्दारा स्थापना बर्षगाँठको अवसरमा बिरामीहरुलाई फलफुल बितरण

विक्रम पाण्डे समान्ता 
मंसिर १०, अर्घाखाँची – आफ्नो स्थापनाको २९ औँ बर्षगाँठको अवसरमा नेपाल पाराभेटेरिनरी एण्ड लाईभस्टक एशोसियसनले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।
दिवसको अवसरमा आयोजित फलफुल बितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा एनिमल साईन्स एशोसियसनका केन्द्रीय महासचिव एवं जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख डा. लोकनाथ पौडेलले नेभ्लाका सदस्यहरुले गोठ गोठमा पुगेर पेशागत ईमान्दारिता निर्वाह गरेको भन्दै प्रशंसनिय कार्यहरुमा निरन्तरताको कामना गरेका थिए ।
कार्यक्रममा नयाँ एफ एमका स्टेसन म्यानेजर हरि प्रसाद भुसालले मन्तव्य राख्दै भड्किलो रुपमा स्थापना दिवस मनाउने संस्कारको विचमा रचनात्मक र परोपकारी काम गरेकोमा आभार व्यक्त गरेका थिए ।
यशोसियसनले जिल्ला अस्पतालमा रहेमा करीव ९ जना विरामीहरुलाई फलफुल वितरण गरेको हो ।
कार्यक्रममा नेभ्लाका केन्द्रिय सदस्य सहित जिल्ला अस्पतालका प्रमुख जगन्नाथ तिवारी लगायतले फलफुल बितरण गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। 
कार्यक्रम एशोसियसनका अध्यक्ष योगेन्द्र मरासिनीको अध्यक्षता एवं जिल्ला सल्लाहकार सुन्दर बिकको सन्चालनमा सम्पन्न भएको थियो ।