धारापानीको चौतारा ठुलाखर्कमा पूर्ण सरसफाइ, देशकै नमुना बन्दै

कमल बिष्ट 
मंसिर ११,अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाडा नम्बर ३ धारापानी ठुलाखर्क चौताराको समुदायले गरेको पूर्ण सरसफाइको नमुमा कार्यको अध्ययन अबलोकनगर्न सिन्धुपाल्चोक जिल्लाबाट आएको अबलोकन टोली  एतिबेला चौतारा ठुलाखर्कमा छ ।
जिल्लामा खुला दिसामुक्त अभियान अन्तिम अबस्थामा पुग्न लागेकाले अब पूर्ण सरसफाइ अभियानको थालनी गर्नको लागि यहाँ सरसफाइमा नमुना कार्य भैरहेको भन्न्ने विभिन्न मिडिया र सरोकार वाला निकाएबाट सुचना पाएर आफूहरु अध्ययन अबलोकनका लागि यहाँ आएको भ्रमण टोलीमा सहभागी सामुदायिक बिकास तथा बाताबरण संरक्षण केन्द्र सिन्धुपाल्चोककी कोषाध्यक्ष पार्बती तिम्सिनाले बताइन ।
३८ जनाको समुहको भ्रमण टोलीको नेतृत्व गरेर आएकी पार्वतीले भनिन हामीले जे सुचना पाएर यहा अध्ययन भ्रमणमा आएका थियौ । बस्तबमा हामीले यहाँ धेरै नया कुरा पायौ । प्रत्येक घरपरिवार समुदाय बास्बिक मन देखिनै आफ्नो घर समुदायलाई नमुना समुदाय बनाउन लाग्नु भएको रहेछ ।प्रत्येकको घरमा सफा चर्पी, चर्पीमा ६ चिज भन्ने नारा सहित चर्पी भित्र चाहिने सरसफाइ सामाग्रीको ब्यबस्थापन , मन्दिरमा जस्तै चर्पिको वरिपरि थरि थरिका फूलहरु रोपेको, साबुन पानी सहित हातधुने छुट्तै स्थानको ब्यबस्था, भाडा माझने जुठेल्नो,भाडा सुकाउने चाङ,खेर गएको पानीको ब्यबस्थापन सहित करेशाबारी निर्माण , सरसफाइ बारे बेला बखत अध्ययन गर्न र बैठक बस्नका लागि सरसफाइ स्रोत केन्द्रको  स्थान गरिएको , घर आगन सार्बजनिक बाटो घाटो सबै तिर सफा सुन्दर बाताबरणले हामीलाई त साच्चै एउटा उस्कृष्ट पर्यटकीय क्षेत्रमामा आएको अनुभुती दिलाएको छ ।
चौतारा ठुलाखरकका समुदाय ले पूर्ण सरसफाइमा गरेको कार्य देशकै नमुना भएको आफूले महशुस गरेको भ्रमण टोलीका सदस्य सिन्धुपाल्चोकका एम कुमार पुन मगरले बताए । उनले भने मैलेजुन हिसाबले हाम्रो सस्थाका कर्मचारी साथीहरुलाइ अध्ययअबलोकनका लागि यहाँ सम्म लिएर आएको यो भ्रमण हाम्रो टिमकोलागि असाध्यै उपलब्धि पूर्न भएको र यस्ले सिन्धुपाल्चोक जिललाकोपूर्ण सरसफाइ यात्रामा मार्ग्निर्देशन गर्ने समेत बताए । उनके यससमुदायको मेहनतको प्रसम्सा गर्दै थप प्रोत्साहनका लागि आफूहरुकोतर्फबाट पाँच हजार आर्थिक सहयोग समेत गरेको बताए ।
अबलोकन भ्रमण पस्चात चौतारा ठुलाखर्क पूर्ण सरसफाइ ब्यबस्थापनसमितिका तर्फबाट राखिएको अन्तर्कृया कार्यक्रममा बोल्दैभुमिकास्थान नगरपालिका योजना शाखा प्रमुख हरिषचन्द्र भुसाललेपूर्ण सरसफाइ प्रबर्द्धनमा ग्लोबल सेनिटेसन फण्ड कार्यक्रम रयू यन हेबिटाटर प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीको सहजीकरण असाध्यैप्रभावकारी र उपलब्धि पूर्ण भएकाले हाल ३ वटा वडामा मात्रसहजीकरण गरेकोमा अब सबै १० वटै वडामा यू यन हेबिटाट र प्रकाश सचेतनसमू (प्राग ) अर्घाखाँचीलाइ भुमिकासहजीकरण गर्न अनुरोध गरिएको र नगरपालीकालाई छिटै नै पूर्ण सरसफाइउन्मुख नमुना नगर बनाउने लक्ष्य लिएको बताउनु भयो ।
चौतारा ठुलाखर्कपूर्ण सरसफाइ नमुना समुदाय ब्यबस्थापन समितीका अध्यक्ष राजुपाण्डेको अध्यक्षता, पशुपति बन्जाडेको सन्चालन , भुमिकास्थाननगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेको प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा यूयन हेबिटाट जिल्ला सम्योजकशिबराज न्यौपाने , प्राग अर्घाखाँचीका निर्देशक प्रेम नारायण गैरे,अनुगमन समिती का सम्योजक नरबहादुर थापा, खेमराज भाट कृष्ण बन्जाडे,सामुदायिक बिकास तथा बाताबरण संरक्षण मन्छ सिन्धुपाल्चोककाकोशाध्यक्ष पार्बती तिमल्सिना, कार्यक्रम सम्योजक एम कुमार पुनलगाएतले पूर्ण सरसफाइ अभियान, अनुभव र यस्को सफलताको बारेमाचर्चा गर्नु भएको थियो भने कार्यक्रममा बाबुराम बन्जाडेले स्वागतमन्तबय र पार्बता बन्जाडेले समुदायले गरेका कामको प्रगती प्रतिबेदनप्रस्तुत गर्नु भएको थियो ।