सन्धिखर्कमा सामाजिक सुरक्षा दिवस मनाईयो

मंसिर ११ अर्घाखाँची-  सन्धिखर्क नगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा दिवस मनाईएको छ । 
अन्तराष्ट्रिय लैङ्िगक हिंसा बिरूद्धको १६ दिने अभियानकै शिलशिलामा यो दिवस मनाईएको हो । नगरका कार्यबाहक अध्यक्ष ठाकुर कुमार बिकको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलको स्वागत मनतब्य र सन्धिखर्क श्रोत ब्यक्ति युबराज भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको संरक्षणको लागि ल्याईएको सुरक्षा कोष आफैमा राम्रो भएपनि यसको कार्यान्वयन चरण कस्तो रहन्छ हेर्न बाँकि रहेको बताउनु भयो ।
कार्यक्रममा मनतब्य राख्दै नगर शिक्षा अधिकृत चोपलाल बेल्बासेले बृद्ध अबस्था ,दुर्घटना र असक्तताको अवस्था ,मातृत्व सुरक्षा ,र आश्रीत परिबारलाई सेवा पु¥याउन राज्यले विभिन्न सुरक्षा योजना ल्यायको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका कमल घिमिरे ,मजदुर नेता गोविन्द बिसि,महिला नेत्री जानका बन्जाडे ,नेपाल राष्ट्रिय सुनचाँदी ब्यबसायी संघका अध्यक्ष बाबुराम बिक, स्थानिय शिव पोख्रेल,जित बहादुर बिक लगायतले श्रमिकलाई राहत दिन ल्याईएको कार्यक्रम राम्रो भएको बताउदै सन्धिखर्क नगरपालिकालाई कार्यान्वयनका लागि अनुरोध समेत गर्नुभयो ।