पाणिनीमा स्थानीय तहको कानुनी क्षमता अभिबृद्धि तथा समन्वयात्मक सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम

मंसिर ११ अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा स्थानीय तहको कानुनी क्षमता अभिबृद्धि तथा समन्वयात्मक सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम मंगलबार देखि सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालिमको सहजीकरण संविधानविद् काशीराज दाहाल र प्रकाशमणि शर्माले गर्नु हुने छ ।
तालिममा पाणिनि गाँउपालिकाका वडा अध्यक्ष, सदस्य, कार्यपालिकाका सदस्य, विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको छ । दुइ दिन सम्म सञ्चालन हुने तालिमको प्रदेस सांसद रामजी प्रसाद घिमिरेले उद्धाटन गर्दे स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्न तालिम उपयोगी हुने बताउनु भयो ।
उद्धाटन समारोहमा तालिमका स्रोत ब्यक्ति तथा प्रमुख प्रशिक्षक काशिराज दाहाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, प्रमुख प्रशासकिय अधिकृत तिलक गौतम, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।
उद्घाटन समारोह पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी गौतमको स्वागत मन्तब्य र लेखा अधिकृत नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।