मंसिर ११ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीले यहि मंसिर २९ गेत जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सन्धिखर्कमा सम्पन्न बैठकले संगठनलाई क्रियाशिल बनाउने उद्धेश्यका साथ जिल्ला स्तरिय प्रशिक्षण गर्ने निर्णय गरेको समाजले बताएको छ ।
समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र सचिव राजु सुनारको संचालनमा सम्पन्न बैठकले आसन्न पुष २० र २१ गते हुने राष्ट्रिय भेलालाई सफल पार्न जिल्लाबाट आवस्यक सहयोग गर्ने,मुलुकमा भइरहेका विभेद,बलत्कार, हत्या भ्रष्टचार,महगीं, कालोबजारीका बिरुद्ध रचनात्मक संघर्ष गर्ने लगायतका निर्णय भएको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।