लक्ष्मण घिमिरे
भुमिकास्थान । भुमिकास्थान नगरपालिकामा विद्युत प्राधिकरण अर्घाखाँचीले चरम लापरवाही देखाएको छ । भुमिकास्थान नगरपालिकाका सबै जसो वडामा मिटर रिडिङ गर्दा लापरवाही गरेको भेटीएको हो ।
कर्मचारीले मिटर रिडिङ गर्दा मिटरबक्स नै नहेरि बिल काट्ने गरेको स्थानियले गुनासो गरेका छन । मिटरबक्स नहेरि बिल काट्दा एकैचोटी धेरैपैसा तिर्नुपर्ने भएकाले आर्थिक भार थपिने स्थानियवासीको भनाई छ ।
“मान्छे घरमा हुँदाहुँदै पनी मिटर चेक नगरी बिल काट्छन”,‘भुमिकास्थान–९ ढिकुराका खडानन्द घिमिरेले भन्नुभयो–“माथि गएर चेक गर्नुस भन्दा मिटर तल सार्नुपर्छ भन्छन” ।
भुमिकास्थानका प्रायजसो वडामा यस्तो समस्या देखिएको छ । बिल तिर्न आउँदा १० गुना बढीसम्म पैसा तिर्नु परेको ग्राहकको गुनासो छ ।
सम्बन्धित क्षेत्रमा नपुगी बिल काट्ने, मिटरबक्स नहेरी बिल काट्ने र उपल्लो तल्ला चढेर बिल नकाट्ने जस्ता लापरवाही प्राधिकरणले गरिरहेको छ ।