सन्धिखर्क नगरपालिका ५० जना बाख्रा पालन गर्ने कृषकलाई तालिम

सन्धिखर्क ।  नगरपालिकामा रहेका कृषकहरुका बीचमा नगरस्तरीय बाख्रा पालन तालिम कार्यबाहक नगर प्रमुख ठाकुर कुमार वि क किशोरको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा मन्तब्य राख्दै कार्यबाहक नगर प्रमुख ठाकुर कुमार वि क किशोरले नगरको विकासको मुख्य आधार बाख्रा पालन भएको भन्दै बाख्रा पालनलाई व्यबसायिक बैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो पछिल्लो समयमा गाँउघरमा बाख्रापालन कृषकले अगालेपनि बाख्रा पालनलाई व्यबसायिक रुपमा नगर्दा कृषकलाई घाटा भएको भन्दै व्यबसायिक रुपमा बाख्रा पालन गर्ने कृषकलाई नगरपालिका सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
व्यबसायिक र बैज्ञानिक रुपमा बाख्रा पालन व्यबसायलाई कृषके अगाल्न सकेमा नगरको विकास छिट्ट नै हुने भन्दै बाख्रापालन व्यबसायिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो । पछिल्लो समयमा गाँउघरमा कृषकमा गाँउघरमा नपढेका विदेश गएर आएका प्राविधिक ज्ञान नभएका कृषक ले मात्र बाख्रा पालन गर्दा व्यबसाय फस्टाउन नसकेको भन्दै प्राविधिक र दक्ष्यता हासिल गरेकाले समेत बाख्रा पालन गरी नगरको विकासमा लाग्न का आबहान गदै नगरपालिकाले बाख्रा पालन गर्ने कृषकलाई नगरपालिकाले घाँस औषधी प्राविधिकको समेत व्यबस्था गरी बाख्रा पालन लाई थप परिमार्जित व्यबसायिक रुपमा जीविकोपार्जनको रुपमा अगाल्न लागेकोले बाख्रा पाल्ने कृषकलाई उचित पुरस्कारको व्यबस्था गर्ने गरी नगरपालिकाले मास्टर पलान सहित गुरुयोजना तयार गरी अगाडी बढेको बताउदै नगरमा उत्पादिन खसी बोकोलाई पनि कृषकले उचित मूल्य पाउने गरी नगरपालिकाले निर्यात गर्ने गरी मास्टर पलान सहित अगाडि बढेकोले बाख्रापालन बैज्ञानिक व्यबसायिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अघिकृत निरज पौडेल वडा न ९ का वडा अध्यक्ष देबी ब रायमाझी पत्रकार महासंघका सचिब सूर्य प्रसाद भुसाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्ने बाख्रा पालन व्यबसाय नगरको विकासको मुख्य आधार भएको यसलाई व्यबसायिक र बैज्ञानिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम प्रमुख प्रशासकीय अघिकृत निरज पौडेलको अध्यक्षता बृद्धि गौतमको सञ्चालन पशु विकास अघिकृत राधा पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम सन्धिखर्क नगरपालिका करिब ५० जनाको सहभागिता रहेको तालिम ३ दिन सम्म चल्ने बताएको छ ।