प्रदेश नम्बर ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवधिक योजना २०७६÷७७ देखि २०८०÷८१ को योजना तर्जुमा गर्न अर्घाखाँचीको सन्धिखर्कमा सुझाव संकलन गोष्ठी गरेको हो । कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने योजनाअनुसार सरकारले काम सुरु गरेको भन्दै विकास योजनाका लागि उपयुक्त सुझाव दिन आग्रह गरे ।
उनले प्रदेशभित्र पर्यटन, कृषि, जलाशय, धार्मिक स्थल तथा पशुपालनको क्षेत्रको खोजी गरी तिनको विकास, संरक्षण तथा व्यवस्थाप एवं प्रचार प्रसार गर्ने र किसानले उत्पादन गरेको वस्तुलाई सहज ढंगबाट बिक्रीवितरण गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा प्रदेश सभा सदस्य, नगर तथा गाउँपालिकाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए