प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा व्यापारीहरुले बजारमा जथाभावी सिम विक्री गर्दै आएको पाइएको छ ।
बजारका अधिकांस पसलहरूमा एनटीसी र एनसेलका सिमकार्डहरू नागरिकता र फोटो विना नै वेचविखन हुँदै आएको हो ।
उता सिमकार्डहरू नागरिकता र फोटो विना नै वेचविखन हुँदै आएको भन्दै जिल्ला प्रहरीले व्यापारीहरु सचेत गराएको छ । दाल चामल विक्री गरे झै गरि सिम कार्ड विक्री गर्दै आएको भन्दै जिल्ला प्रहरी कार्यालयका डिएस्पी नवराज मल्ल स्थानिय व्यापारीहरुलाई सचेत गराएका छन् ।
सिमकार्डहरू नागरिकता र फोटो विना डेढ सय रुपैया तिरेर सिम वेचविखन हुँदै आएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बोलाएर स्थानिय व्यापारीहरुलाई उक्त कार्य नगर्न मल्लले अनुरोध गरेका थिए । सिमकार्डहरू नागरिकता र फोटो विना बेच्ने र किन्ने दुवैलाई कारबाही गरिने चेतावनी समेत उनले दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा दैनिक १०, १५ बढी ब्लफ कल आउने गरेको छ। अनियमित बाटोवाट मनपरि ढंगले सिमकार्ड विक्री गरिदा शान्ति सुरक्षामा प्रभाव पर्ने प्रहरीको भनाई छ ।