छत्रदेवमा सडक फराकिलो बनाउदा पहुचको आधारमा कटान गाउँपालिका अध्यक्ष लेखनाथले भने मेरो मातहतमा छैन

अर्घाखाँची डट्कम संवाददाता

छत्रदेव ,अर्घाखाँची (अर्घाखाँची डट्कम) सन्धिखर्क – बल्कोट-तम्घास सडकलाई फराकिलो बनाउने कार्य सञ्चालन भईरहदा छत्रदेव गाउँपालिकाको वार्ड नम्बर ५ का स्थानिय केहि बासिन्दाहरु असन्तुष्ट देखिएका छन् ।

सड्क फराकिलो बनाउने क्रममा जग्गा कटान गर्दा काखा र पाखा गरि जग्गा कटान भएको भन्दै स्थानीयवासी चिन्तित भएका हुन । बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भने जस्तै पहुँच हुनेहरूको घर अगाडि बस छिर्ने बाटोले पुर्णता पाएपनी तर कसैको घर नै पहिरोले लैजाने गरि कटान गरिएको हो ।

छत्रदेब गाउपालिका वार्ड नम्बर ५ का स्थानीय तुलसिराम पोख्रेलको घर मोटर बाटोले छोएको छ बाटो बनाउने क्रममा उनको अहिले सबै आँगन भरि कटान गरिएको छ ओरालोको मुखमा रहेको घर कहिले पहिरो गएर ज्यान धनको क्षती हुने हो भन्नेमा उनी त्रसितमा छन ।

मेरो सम्पती भनेकै यहि एउटा घर हो यहि पनि बाटोले लग्यो भने कहा बस्ने अहिले मेरा छोरा छोरी पनि सानै छन । कति बेला लडेर मर्छन भन्ने चिन्ता निकै छ पोख्रेलले रुदै भने मलाई घरमा निस्कन तथा पहिरो बाट जोगाउन कुरा लिएर पटक पटक गाउँपालिकाको कार्यलय र वडा अध्यक्ष समक्ष नपुगेको हैन तर यो कुरामा कसै बाट चासो आएन ।

त्यस्तै पालिकाकै वडा नम्बर ५ का राजु खनालको पनि घर कतिबेला पहिरो ले लैजाने हो हाम्रो कुराहरु सुनिदैन इन्जिनियर देखी जनप्रतिनिधि सम्मले हाम्रो कुरा सुन्दैनन छत्रदेव पहुँच वालाको मात्र रहेछ खनालले दुखेसो पोख्दै भने , मेरो घरमा आउन जानको लागी बाटो नै छैन् मोटर बाटो चौडा बनाउदा नै फालिएको हो । कटान गर्दा बाटो बनाइदिने भनिए पनि अहिले सम्म कुनै निर्णय छैन् खनालले भने केहि नभएको मेला हाडी गाउमा भने जस्तै पर्खाल पनि पहुँचको आधारमा लगाउदा हामी गरिवहरु मर्कामा परेको दुख सुनाए ।

सड्क निर्माण कम्पनिले पर्खाल उठाउने कार्य पनि गरिरहेको छ तर अति आवश्यक ठाउँहरुमा पर्खाल उठाईएको छैन ,यो सडक योजनाले गर्ने कार्य भएकोले आफुले सम्बन्धित निकाय सम्म कुरा पुर्‍याउने वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । त्यस्तै गाउँपालीका अध्यक्ष लेखनाथ पोख्रेलले आफ्नो मातहतमा नरहेको र जिल्ला प्राविधिक कार्यलयलाई निवेदन दिन आग्रह गरेका छन ।