कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

news
कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
वि.स. १९४१ साल पुष १५ गते कास्कीको लेखनाथ अर्घौंमा उनको जन्म भएको हो ।
कविशिरोमणिका बुद्धिविनोद, ऋतुविचार, तरुण तपसी, गंगा गौरीसहितका महाकाव्य, लालित्य कविता संग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र कविताहरु गरी डेढ दर्जन कृति प्रकाशित छन् ।
जीवनको यथार्थ र सत्यलाई आत्मसात गरिएका कविशिरोमणिका सिर्जनाको उत्कृष्ठता नेपाली साहित्य क्षेत्रमा मानिन्छन् ।
उनले नेपाली साहित्यमा छन्द र काव्यात्मकताको सुन्दर पक्षलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
नेपाली साहित्यमा उत्कृष्ठ योगदान पुर्‍याएको भन्दै २००८ सालमा राजा त्रिभुवनले उनलाई कविशिरोमणिको उपाधि दिएका थिए ।
कविशिरोमणि पौड्यालको २०२२ सालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । इमेजखबरमा समाचार छ ।