जनकपुरमा बहिनीलाई दाईजोको लागि हत्या गरेको पिडित पक्षको आरोप

राजा झा
जनकपुरधााम, माघ ६ । बहिनीको हत्या भएको भन्दै भ्रमरपुराका सुजित शर्माले दोषिलाई कडा भन्दा कडा कार्यवाहि गर्न माग गरेका छन् । गत पुस ३० गते जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा आमा शिमा शर्मा र २ वर्षे छोरीलाई विष सेवनका कारण मृत्यु भएकको थियो । यत मृतकका माईती पक्षले सासु, ससुरा र पतीले दाईजोको लागि आफ्नो बहिनीको हत्या गरेको भन्दै पिडकहरुलाई कार्यवाहीको माग गरेका छन् । आईतवार पत्रकार सम्मेल गर्दै शर्माले आफ्नो बहिनीलाई दाईजोका कारण हत्या गरेको आरोप लगाएका छन् ।
गत २०७० साल वैसाख २९ गते ८ लाख नगद र एउटा पलसर गाडी दाईजोमा दिएर जनकपुरधाम ४ का श्याम सुन्दर मिश्रका छोरा समिर मिश्र सँग भएको थियो । एक वर्ष सम्बन्ध राम्रो भएपछि पछि गएर बहिनीलाई पटक पटक शारीरिक तथा मांसिक रुपले यातना दिई माईतिबाट नगद र सुनचाँदीलगायतका सामानहरु मागन दवाई दिई रहेको र आफु दिई रहेको पनि मृतकका दाई सुजित शर्माले बताएका छन् ।
यता घटना पछि सिमाका पति समिर मिश्र फरार रहेका छन् भने सासु र ससुरालाई संकाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।
आफनो् ७ कट्ठा जमिन बेचेर दाईजो दिए आफ्नो बहिनी सिमा शर्माको विहे गरेको थियो । यस घटनामा बहिनीको हत्या पश्चात २ बर्षिय छोरीको समेत केटा पक्षले हत्या गरेको पिडित पक्षको आरोप रहेको छ । तराई मधेशमा दाईजोको कारण यस्तो घटना बढि सार्वजनिक हुन्छ ।