प्रतिनिधिसभाबाट शुक्रबार पारित चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन भएको छ ।
‘सोलिडारिटी फर डा. केसी अलायन्स’को अगुवाइमा भएको प्रदर्शनका सहभागीले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए ।
सम्झौताविपरीत माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै उनीहरुले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई खबरदारी गरे ।
प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी नारासमेत लगाएका थिए ।
माइतीघर मन्डलाबाट सुरु भएको प्रदर्शनसहितको र्याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्नेहरुले सरकारले डा. केसीसित गरेका सम्झौता तोडेको भन्दै उनको ज्यानप्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका थिए । इमेजखबरमा समाचार छ ।