कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिए

news
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् ।
सरकार संसदीय मर्यादा विपरीत चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारको विरोध गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने, आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न नहुने, अनसनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् ।
विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रदर्शनलाई ध्यानमा राखी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । इमेजखबरमा समाचार छ ।