डा. केसीको समर्थनमा सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा

news
अनसनरत डा.गोविन्द केसीको समर्थनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ सय ५० जना चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् ।
प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका अध्यक्ष डा.कविराज पौडेलको नेतृत्वमा चिकित्सकहरु बिरामीको उपचार छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले डा.केसीका जायज माग सम्बोधन नगरेको तथा बलजफ्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै उनीहरुले आकस्मिक बाहेकका सबै काम छाडेर धर्ना सुरु गरेका छन् ।
जुनियर चिकित्सकहरु ओपीडी, वार्डमा समेत काम बहिष्कार गरी आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका र उपचार गर्न आउने बिरामीहरु मर्कामा परेका छन् । इमेजखबरमा समाचार छ ।