सडक निर्माणका कारण उदयपुरको चौदण्डीगढी बस्ती जोखिममा

news
सडक निर्माणका कारण उदयपुरको चौदण्डीगढीस्थित एउटा बस्ती जोखिममा परेको छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गतको वीरेन्द्र चोक–गाइघाट सडकको आपडाँडा खण्डमा पर्ने २० घरमध्ये ७ घर उच्च जोखिममा परेका हुन् ।
सडक निर्माणका क्रममा बस्तीभन्दा २० फिट तल सडक निर्माण गर्नाले बस्ती नै जोखिममा परेको स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा सँगै रहेको ज्यामिरे खोलामा निर्माण हुन लागेको पुलको डिजाइनमा त्रुटी भएकाले सडक बस्तीभन्दा तल हुन गएको एक प्राविधिकले बताएका छन् । 
त्यस खण्डमा अहिले सडक निर्माणको काम रोकिएको छ । इमेजखबरमा समाचार छ ।