धनकुटाका खेतीयोग्य जमिनमा पनि सिँचाइ सुविधा नहुँदा अपेक्षित उत्पादन हुन सकेन्

news
धनकुटाका खेतीयोग्य जमिनमा पनि सिँचाइ सुविधा नहुँदा अपेक्षित उत्पादन हुन सकेको छैन ।
नदीकिनारमै भएका उर्र्बर जग्गा सिँचाइ अभावमा बाँझै राख्नुपर्दा किसान निराश देखिएका छन् ।
तलतिर ठूलो बेगले टनाटन पानीसहित अरुण र तमोर नदी बगिरहेका छन् । तर त्यसमाथिका खेतबारी भने सुख्खाग्रस्त छन् ।
उर्बर भए पनि सिँचाइकोे अभावमा जमिनहरु त्यत्तिकै बाँझै पल्टिएका छन् ।
बर्षायाममा आकाशको पानीले बालीनाली रोपिए पनि हिउँदको समयमा धेरैजसो जग्गा उपयोगविहीन भइदिन्छन् । नदीको पानी लिफ्ट प्रयोग गरेर सिँचाइ  सुविधा उपलब्ध गराइदिनुपर्ने स्थानीयको माग छ ।
धनकुटा र पाँचथर जिल्लाको सिमाका नावाखोला देखि त्रिवेणी घाट सम्म तमोर र अरुण नदीका किनारमा  किनारका कुशेटार, याक्चनाटार, वेलहरावेशी, साप्तीङटार, गोपालपुर, सफाईटारलगायतका ६० भन्दा बढी रहरलाग्दा खेतीयोेग्य फाँट छन् ।
ती क्षेत्रका करिब २५ सय हेक्टर उब्जाउ योग्य जमिन बाँझै छन् । उसो त धनकुटामा लिफ्ट सिँचाइको चर्चा नचलेको पनि होइन तर त्यो अहिले चर्चामै सीमित छ ।
यता जलश्रोत तथा सिचाइ बिकास डिभिजन धनुकुटाले भने यस्ता क्षेत्रका सिचाइको लागि प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
अघिल्लै बर्ष कार्यक्रम स्वीकृत भएर आए पनि अफिसकै टुङ्गो नलागेका कारण अघि बढ्न नसकेको कार्यलयका प्रमुख राम नरेश मण्डलले जानकारी दिए ।
कृषि विकासका कागजे योजनाको फेहरिस्ता निकै लामो भइसकेको छ तर यस्ता खेतीयोग्य र उर्बर जमिन सिँचाइ सुविधाबाट वञ्चित छन् । इमेजखबरमा समाचार छ ।