युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल

news
युरोपेली यूनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ ।
वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् ।
तल्लो सदन हाउस अफ कमन्स्मा प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया थप अनिश्चित बनेको छ ।
यसअघि पनि ब्रेक्जिटको भावी दिशाका वैकल्पिक उपायहरुमा प्रधानमन्त्री टेरेजा मे असफल भएकी थिइन ।
कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यी प्रस्तावहरू सरकारका लागि आगामी मार्ग तय गर्न सहयोगी ठानिएका थिए ।
यसअघि नै प्रधानमन्त्री मेले ईयुसँग तयार पारेको बहिर्गमन योजना समेटिएको सम्झौता संसद्मा तीनपटक अस्वीकृत भइसकेको छ ।
बहिर्गमन सम्झौतालाई मे ले चौथोपटक पनि संसद्मा ल्याउन सक्ने बताइएको छ ।
उनीसँग बहिर्गमन प्रक्रियाको अवधि लम्ब्याएर नयाँ बाटो रोज्ने वा बिना सम्झौता ईयू छाड्ने विषयमा निर्णय गत १२ अप्रिलसम्मको समयसीमा छ ।
प्रधानमन्त्री मे बेलायत ईयु बजारमा रहने कुराको शुरूदेखि विरोध गर्दै आएका छन् । (एजेन्सी)