नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले केही नेपाली नेताहरु रातारात अर्बपति हुने खेलमा लागेको आरोप लगाएका छन् ।
नयाँ शक्ति पार्टी सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाउँदै योक्रम नरोकिएको बताए ।
शान्तिपूर्ण जनआन्दोलनमा जोड
शनिबारै बुटवलमा मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो संघीय भेला उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले संविधानले दिन नसकेका अधिकार प्राप्तिका लागि शान्तिपूर्ण जनआन्दोलन गर्नुपर्ने बताए ।
नयाँ संविधानले महिला, दलित, जनजातिलाई उपेक्षा गरेको उनको भनाइ छ ।
नेकपाको वर्तमान सरकारबाट जनताले कुनै अधिकार नपाउने उनले दाबी गरे ।
देशमा दिगो शान्ति र विकासका लागि पनि सबैलाई अधिकार दिनुपर्ने भन्दै डा. भट्टराईले सत्तारुढ नेकपालाई ‘हिङ बाँधेको टालो’को संज्ञा दिए । इमेजखबरमा समाचार छ ।