ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु भएको छ ।
ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।
दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन् ।
बाढीका कारण ब्राजिलको सडकमा आवागमन ठप्प भएको छ ।
पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् । ब्राजिलमा विगत २४ घण्टामा ३१ मिलिमिटर बर्षा भएको मौसमविद्हरुले बताएका छन् ।
अबरुद्ध सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने अधिकारीहरुले जनाएका छन् । बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।(एजेन्सी)