पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु

news
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।
हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । बजारमा रहेको प्रहरीको भ्यानलाई लक्षित गरी विस्फोट गराइएको हो ।
मृतकमध्ये १५ सर्वसाधारण र एक प्रहरी छन् । विस्फोट कसले गराएको हो भन्ने प्रष्ट भइसकेको छैन ।
बिस्फोटमा दर्जनौं घाइते भएका छन् । बिस्फोट लगत्तै बजारमा भागदौड मच्चिएको थियो ।
घटनास्थलमा सुरक्षाकर्मीले घेरा हाली अनुसन्धान थालेको छ । शिया समुदायको बाहुल्यता रहेको सो इलामा मारिनेमा सबै शिया समुदायका ब्यक्ति रहेको अधिकारीहरुले बताएका छन् । – एजेन्सी