आदरणिय बिप्लव दाई नमस्कार
बिदेशी भुमिमा पसिना बगाउँदै म तँपाईलाई यो पत्र लेख्दै छु,प्रचण्ड गर्मीको तापले मैले लेख्दै गर्दा पेपरमा तप्प तप्प पसिना चुहिएका छन तर मनभरी राष्ट्रियताका भावनाहरु उर्लीरहेका छन।आज म जस्ता लाखौँ युवाहरु बिदेशी जमिनमा पसिना बेच्दै देशको हरेक घटनालाई नजिकबाट नियाली रहेका छन अनि समिक्षा गरिरहेका छन। कुनै साधन स्रोतबिनाका देशहरु बिकसित हुन पुगे तर हामी स्वर्गको टुक्राजस्तो/भगवानले उपहार दिएको देशका नागरिक दैनिक गुजारा र रोजीरोटीको लागि यिनै देशहरुमा सस्तो श्रम बेच्न बाध्य छौँ। जब जब देशमा थोरै आशाको किरण झुल्किन थाल्छ तब तुरुन्तै अर्को कालो बादल मडारिन थालीहाल्छ।के नेपाललाई बिकास गर्ने हक छैन? के नेपाल शान्त र समुन्नत बन्नै सक्दैन?? २००७ सालदेखी सम्बृद्धिको सपना देखेका जनताहरुले हरेक लँडाइमा राजनैतिक दललाई साथ दिइरहे, ठुलो बलिदानी दिइरहे आज सत्तरी बर्ष बितिसक्यो यो बिचमा बिश्व मानचित्रमा नभएका कैयौँ देश जन्मिएर पनि अहिले बिकसित देशमा पुगिसके तर सदियौँ देखिको हाम्रो देश ठुला ठुला राजननैतिक परिवर्तन गरेर पनि जहाँको तहीं रह्यो। यसबाट एउटा कुरा के प्रष्ट हुन्छ भने नियत सहि नहुने हो भने ब्यबस्था जुनसुकै परिवर्तन गरेपनि केही नहुँदो रहेछ। यदी सहि नियतवाला नेतृत्व देशले पाएको हुँदो हो त हामीपनि आज बिकसित देशका नागरिक भएका हुन्थ्यौँ।
आदरणिय कम्रेड
यि सबै कुराहरु मलाई भन्दा तँपाइलाई राम्ररी थाह छ देशले धेरै दुर्गती भोगिसक्यो धेरै पिडा जनताले भोगिसके कैयौँले उपचार नपाएर ज्यान गुमाए त कैयौँले खान नपाएर। आखिर देश गरिबीमा पिल्सिएपछि त्यसको सबैभन्दा ठुलो मार आम सर्बसाधारण जनतामा पर्दो रहेछ।हामीले शान्तिपुर्ण आन्दोलन देख्यौँ,शसस्त्र द्वन्द देख्यौँ, आपत बिपत देख्यौ, अनि गरीबी अभाव र पछौटेपन देख्यौँ तर सम्बृद्ध नेपाल देख्ने सपना सबैको अधुरो रह्यो। के सम्बृद्ध देश हामीले देख्न नपाउने? नेताहरुको अदुरदर्शिता र सनकिपनले देशले यो दुर्दशा भोगिरहेको छ। अहिले जुन सम्बिधान हामीले पाएका छौँ,त्यो पाउनमा दशौं हजारले बलिदानी अनि देशले ठूलो धनराशी गुमाएको छ।जुन सम्बिधानलाई हामी मान्दैनौं भनेर तँपाई देशमा शसस्त्र युद्धको आवश्यकता देखिरहनु भएको छ एक मुठ्ठी माटो समातेर अनि छात्तिमा हात राखेर आँखा चिम्लिएर सोंच्नुस दशकौँ लामो युद्धको बाटोमा जानुभयो भने अबको बिस बर्ष पछाडीको नेपाल तँपाइको आँखामा प्रष्टरुपमा आउने छ,जहाँ तँपाइको जवानी सकिएको हुनेछ अनी लाखौँ युवा तथा जनताको जीवन स्तर अरु खस्किएको हुनेछ।हो निश्चित तह र तप्काका केही ठेकेदार हरु अवस्य मोटाउने छन जसमा तँपाइकै पार्टी भित्रका पनि केही अबस्य पर्नेछन। तँपाई यति सम्बेदनशिल बेला युद्धको कुरा गर्दै हुनुहुन्छ कि तँपाइले सामन्तवादको नाममा गरेको एउटा प्रहारले पनी मेरो देशको राष्ट्रियता अरु कमजोर हुनेछ अनि अरु सिमाना मिचिने पक्का छ।
प्रिय कम्रेड
मैले यि सब भन्दै गर्दा देशमा अहिले सबै कुरा ठिक छ, कमजोरी छैनन भन्न कत्ति पनि खोजेको होइन धेरै काम गर्न बाँकी छ भ्रष्ट लुटेराहरु सरेआम घुमिरहेका छन, शुसासनको कुनै अनुभुती जनताले गर्न पाएका छैनन।माफिया हरुको जालोमै देश फसिरहेको छ तर अब देशले असान्त बातावरण कत्ती पनि थेग्न सक्दैन।तँपाइको नियत सहि होला तर अब उठ्ने बम बारुद र बन्दुकले केवल अनि केवल देशको क्षती मात्रै गराउने छ, कैयौंलाई बिधवा बनाउने छ धेरैलाई टुहुरा बनाउने छ अनि सोझा साझा जनतालाई कंगाल बनाउने छ।किनकी हतियार चलिसकेपछी त्यो नियन्त्रण बाहीर हुनेछ।तँपाइले चाहँदा चाहँदै पनि त्यो सहि उपयोग अवस्य हुनेछैन अनि ति सिंदुर पखालिएका सिंउदाहरुले,अंगभंग भएका जमातहरुले तँपाइलाई टुलुटुलु हेरेर बस्न बाध्य हुनेछन।
प्रिय कम्रेड
मैले तँपाइका धेरै भाषण तथा अन्तरवार्ता हरु हेरेको छु।इमान्दारिता तँपाइको अनुहारमा प्रष्ट झल्किन्छ अनि पिडाबोध र राष्ट्रियताको भावना पनि तर अब अशान्त बाटो अपनाएर तँपाई हाम्रो समस्या समाधान किमार्थ हुँदैन। कुरिती कुशासन भ्रष्टाचार तथा माफियातन्त्र बिरुद्ध लड्न अझै बाँकी छ यिनका अवशेष हरुलाई निमिट्यान्ट पार्न बाकी नै छ तर शान्तिपुर्ण बाटोबाट।ओली र प्रचण्डलाई देखाउँछु भन्दै सनकको बाटो बम बारुद र बन्दुक चलाउने निर्णय गर्नुभयो भने न तँपाइको सपना पुरा हुनेछ न त देश र जनताको।किनकी हाम्रो भूराजनिती नै यस्तै छ दुई ठुला देशको खिचातानीमा हाम्रो देश पिल्सिएको छ। जियो पोलीटिक्स लाई हामी चाहेर पनि नजर अन्दाज गर्न सक्दैनौँ।त्यसैले मध्यमार्गी बाटो अँगाल्नुको बिकल्प छैन। बितेका कैयौँ दशक राजनैतिक प्रतिशोध अनि अशान्तमा बिते ब्यबस्था परिवर्तनमा बिते तर देशले केही नपाई धेरै गुमायो।त्यसैले अब बाटो बदल्ने बेला आएको छ अबका केही दशक देशलाई शान्त राखौँ, कुशासन बिरुद्ध शान्तीपुर्ण खबरदारी गरौँ,भ्रष्टहरुलाई सामाजिक बहिष्कारको पनि निती लिऊँ तर बन्द हडताल अनि बम बारुदको राजनिती नगरौँ।अहिले संञ्चार क्षेत्र बलियो भएको छ माफिया हरु लुक्न या घटना लुकाउन सक्दैनन।त्यसैले शान्तीपुर्ण बाटोबाट देश बनाउने अभियानमा लागौँ, जहाँ हुनुहुन्छ तुरुन्तै सार्बजनिक भएर यहि सम्बिधानलाई स्विकार गरेर रहेका कमिकमजोरी संसोधन गर्ने गरी शान्तिपुर्ण बाटोमा आउनुस।देशका कुना काप्चामा पुग्नुस जनताले तँपाईहरुलाई अवस्य बिश्वास गर्नेछन। लँडेर धेरै हेर्यौँ तोडेर फोडेर धेरै हेर्यौँ अब बाटो बदलेर जोडेर हेरौँ तँपाई हामी सँगै जोडिएर हेरौँ। सबैले आफ्नो जिम्मेवारी निर्बाह गरौँ राष्ट्रिय एकता कायम गरौँ। दुइछाक खान अनि घरपरिवार पाल्न सात समुन्द्र पार गरेर गएका लाखौँ युवाहरु देश फर्किन आतुर छन, देशलाई बदल्न लालायित छन।बन्दले देश बन्दैन भोलीको नेपाल बन्द फिर्ता लिएर राजनैतिक बाटो परिवर्तन गर्न म तँपाईलाई बिनम्र अनुरोध गर्दछु।
तारा प्र. पौडेल
अर्घाखाँची
हाल मस्कट ओमान
माथिको पत्रको बारेमा लेखक स्वयम उतरदायी हुनेछन् । अर्घाखाँचीडट्कमसँग यो पत्रको कुनै सरोकार रहेको छैन्, र डट्कम उतरदायी हुनेछैन ।