नेपालमा ११ सय ८७ जनामा औलोरोग, सुन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने लक्ष्य

news
‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पुर्‍याऔं भन्ने नारासहित बिहीबार विश्व औलो (मलेरिया) दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार नेपालमा ११ सय ८७ जनामा औलोरोग देखिएको छ ।
सुदूरपश्चिमका जिल्लाहरुमा बढी देखिएको औलोरोग हाल उच्च पहाडी र हिमाली जिल्लामासमेत देखापर्न थालेको छ ।
औलोरोगबाट २० जिल्लाका ४९ वडा बढी जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।
उनले हालसम्म ६ लाख १० हजारजनालाई औलोरोग नियन्त्रण गराउने झुल वितरण गरिसकेको बताए ।
सरकारले औलोरोगको उपचार र औषधि निःशुल्क गरेको छ ।
सरकारले यो वर्ष औलोरोग नियन्त्रणका लागि दुई करोड ५० लाखको औषधि, झुलका लागि ७५ लाख र विषादीका लागि तीन करोड ३५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
औलोरोगका कारण नेपालमा हालसम्म तीनजनाकोमात्र मृत्यु भएको सरकारको दाबी छ ।
सरकारले सुन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । ‘एनोफिलिज’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलोरोग सर्दछ । हरेक वर्ष अप्रिल २५ तारिखमा यो दिवस मनाइन्छ । इमेजखबरमा समाचार छ ।