सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिममा रहेको एक तथ्यांकले देखाएको छ ।
तराईका दुई, पहाडका पाँच र हिमालका दुई गरी नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २०७४ र २०७५ सालको तथ्यांकले औलोको उच्च जोखिम रहेको देखाएको हो ।
देशभरका औलोका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा मात्रै ७० प्रतिशत रहेको अध्ययनले देखाएको हो । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्रै देखिने औलो पछिल्ला बर्षमा हिमाली जिल्लामा समेत देखा गर्न थालेको छ ।
गत आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ५८० जनामा औलो देखा परेको थियो । विश्व औलो दिवसका अवसरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले प्रस्तुत गरेको तथ्यांकमा सुदूरपश्चिम प्रदेश देशभरिकै उच्च जोखिममा रहेको उल्लेख छ ।
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने विश्व स्वास्थ्य संगठनसमक्ष प्रतिबद्धता जनाए पनि जनचेतनाको अभाव र पर्याप्त सरकारी प्रयास नभएकाले लक्ष्य पुरा गर्न कठिन हुने देखिएको छ । औलोको संक्रमण पोथी लामखुट्टेका कारण प्लाज्म मोडियम भाईवेक्स र प्लाज्म मोडियम फाल्जिफेरियम नामक जीवाणुका कारण मानिसमा सर्ने गर्दछ ।
सुदूरपश्चिम प्रदेशको कैलाली र डडेल्धुराको भित्री मधेस जोगबुढामा औलोको उच्च जोखिम देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख टंकप्रसाद चापागाईंले जानकारी दिए । इमेजखबरमा समाचार छ ।